कर्णालीमा सात महिनापछि बस्यो सर्वदलीय बैठक


सुर्खेत । एमालेका चार जना सांसदहरुको विषयलाई लिएर विवाद सुरु भएपछि रोकिएको कर्णालीको सर्बदलिय बैठक आज बसेको छ ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक गत जेठमा बैठक बस्ने तयारी भएपनि नेकपा एमालेका चार जना सांसदहरुको विषयलाई लिएर विवाद सुरु भएपछि बैठक बस्न सकेको थिएन् ।
बैठकलाई अब नियमितता दिने र सदनमा आएका समस्यालाई मिलेर समाधान गर्दै अघि बढने निर्णय भएको प्रदेशसभा सचिव जीवरजा बुढाथोकीले बताउनुभयो ।
तत्कालिन समयमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको एमालेका चार जना सांसदहरुलाई कारवाहीको माग एमालेले राखेको थियो । जसका कारण बैठक बनै बस्न सकेको थिएन् ।
शनिबार बसेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता यामलाल कंडेल, नेपाली काँग्रेसका नेता एवम मुख्यमन्त्री जीवनबहादुर शाही, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक ठम्मर विष्ट, राप्रपाका शोसिला शाहीलगायतको सहभागिता रहेको थियो । \nepalpress


तपाईको प्रतिक्रिया