
सल्यान । मानव अधिकार समूह बनगाड कुपिन्डे नगरपालिका सल्यानले नगरपालिकालाई १५ बुद्धे ध्यानाकर्षण पत्र बुझाएको छ । बनगाड कुपिण्डे नगरपालिकामा निम्ति प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर रावत मार्फत बनगाड कुपिण्डे नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
स्थानीय सरकारलाई सहयोग र सहजीकरण गर्न नागरिक समाज संस्थाहरूले पनि साझेदारी गरिरहेको सन्दर्भमा अनौपचारिक सेवा केन्द्र (इन्सेक)ले पनि यस नगरपालिकामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सोही परियोजना अन्तरगत स्थानीय सरकारले प्रदान गरिरहेको शिक्षा, स्वास्थ्य, खाद्य अधिकार सम्बन्धीका सेवाहरू र ती सेवा प्राप्तिमा जनताको पहुँच वृद्धि गर्न आयोजना गरिएका विभिन्न कार्यक्रमहरूमा सरोकारवालाहरूले दिएको सुझाव, सल्लाह, नगरपालिकाले गरेको प्रतिबद्धता तथा मानव अधिकार समूहको स्थलगत अनुगमनका कममा देखिएका तपसिलका कुराहरूलाई सुधारका लागी पहल गर्न मानव अधिकार समूहको तर्फबाट यो ध्यानाकर्षण पत्र पेस गरेका हुन ।
नगरपालिकामामा हाल सम्म स्वास्थ्य नीति नभएकाले स्वास्थ्य नीति निर्माण गरी कार्यान्वयनमा ल्याउनु पर्ने, शिक्षा नीतिको व्यवहारिक कार्यान्वयन नभएको भन्ने गुनासो आएकाले सो को कार्यान्वयन गरिनु पर्ने, नेपाल सरकारले निःशुल्क शिक्षा घोषणा गरेको विद्यालय शिक्षाका लागि सामुदायिक विद्यालयले विद्यार्थीको नाममा कुनै किसिमको शुल्क लिन पाइने छैन भन्ने व्यवस्था भए पनि विद्यालयहरूमा मनपरी रूपमा शुल्क लिइरहेको अवस्था देखिएकोले सो कार्य रोक्नु पर्ने छिटै रिक्त स्थानमा शिक्षक पदपूर्ति गर्नुपर्ने लगाएतका विषय ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
ध्यानाकर्षण पत्र मानव अधिकार समूह बनगाड कुपिन्डे नगरपालिका सल्यान सदस्यहरूको हस्तान्तरण उक्त ध्यानाकर्षण पत्र बुझाएको छ ।


दर्शन खबर । ३० पुष २०७८, शुक्रबार