कोहलपुर देखीे हर्रेसम्मको सडक अतिक्रमण हटाउन निर्देशन


सुर्खेत । कोहलपुर हुँदै सुर्खेतको हर्रेसम्मको सडक अतिक्रमण हटाउन सडक डिभिजन कार्यालय नेपालगन्जले पहल सुरु गरेको छ । पछिल्लो समय सडक अतिक्रमण हुने क्रम बढ्दै गएपछि सडकले यस्तो पहल गरेको हो ।
सार्वजनिक सडक ऐन २०३१ अनुसार सडकको केन्द्रबाटबाट दायाँ बायाँ दुवैतर्फ २५÷२५ मिटरभित्र पर्ने सबै संरचना हटाउन कार्यालयले निर्देशन दिएको छ । नेपाल–भारत सीमा क्षेत्र जमुनाहदेखि रत्नराजमार्गको देखि हर्रे सम्मको सडकखण्ड अन्तर्गत सडक सीमाभित्र सार्वजनिक हित प्रतिकूल हुने गरी राखिएका निर्माण सामग्री, व्यावसायिक सामान, अतिक्रमण गरी निर्माण गरिएका स्थायी वा अस्थायी संरचनाहरु पुस मसान्तभित्र हटाउन भनिएको छ ।
सडक डिभिजन कार्यालय नेपालगन्जका प्रशासन शाखा प्रमुख रोम केसीले सडक अतिक्रमण नहटाएमा हुने क्षतिको जिम्मेवार कार्यालय नहुने बताउनुभयो ।
सडक सबैको साझा सम्पत्ति भएकाले यसको संरक्षणमा सबै एकजुट भएर लाग्नुपर्ने सडक डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ । अतिक्रमितपछि सडक साँधुरो हुँदै गएको र सडक दुर्घटनाको पनि जोखिम बढेपछि अतिक्रमण हटाउन थालिएको प्रशासन प्रमुख केसीले बताउनुभयो ।
कोहलपुरदेखि हर्रेसम्म भने अधिकांश जंगल क्षेत्र पर्ने भएकाले यता कमै अतिक्रमणमा परेको सडक डिभिजन कार्यालय नेपालगन्जले जनाएको छ ।


तपाईको प्रतिक्रिया