
लेकवेशी । कल्याण हेल्थपोटको निर्माणधिन भवन अलपत्र परेको छ । लेकवेही नगरपालिका वडा नम्वर ६ कल्याणमा रहेको हेल्थपोष्टको भवन निर्माण अलपत्र परेको हो ।
२०७६ चैत्र ११ गते एच बिपी कन्ट्रक्शन एण्ड ट्रान्सपोट प्राली संग र नगरपालिका बिच भवन निर्माणका लागी सम्झौता भई निर्माण कार्य सुरु भएको २ वर्ष हुन लाग्दा समेत भवन निमार्ण हुन सकेको छैन् । कुल ७१ लाख १८ हजार ७ सय रुपैँयामा ठेक्का सम्झौता भएको भवन अलपत्र पर्दा समस्या भएको छ ।
निर्माण कम्पनीलाई नगरपालिकाले २६ लाख ८४ हजार ८ सय ८ रुपौया भुक्तानी गरिसकेको छ, भने भवन निर्माणको अन्तीम म्याद २०७८ साल चैत्र महिनासम्म रहेको नगरपालिकाका ईन्जीनियर खेमराज पोख्रेललले जानकारी दिनुभयो । कोरोनाका कारण ठेकेदारको मृत्यु भएपछी भवन निर्माण कार्य अलपत्र भएको नगरपालिकाको भनाई रहेको छ ।


दर्शन खबर । २८ पुष २०७८, बुधबार