
सुर्खेत । नेकपा एमाले सुर्खेत जिल्लाको नयाँ नेतृत्वका चयनका लागि आज मतदान हुँदैछ । हिजो हुने भनिएको मतदान आज हुने निर्वाचनमा डण्डी प्रशाद शर्मा र अमृत बिसी चुनाबी मैदानमा रहेका छन् । जिल्ला अध्यक्षमा उमेद्वारी दिएका शर्मा र बिसी बिच कडा प्रतिसप्रधा हुने देखीएको छ । जिल्ला नेतृत्वका लागी सर्वसम्मतिको लागी व्यापब छलफल भएपनी सहमती नभएपछी निर्वाचनबाटै नेतृत्व छान्न लागिएको हो ।
दुवै समूह आफ्नो जित हुने दाबी गरिरहेको बेला विगतको समिकरणमा भने परिवर्तन भएको छ । यस कारण नतिजा कसको हातमा पर्छ भन्ने कुरा सहजै अनुमान लगाउन भने कठिन छ । अध्यक्षका उमेद्वार अमृत विसिले सातौँ अधिवेशनबाट उपाध्यक्ष पदमा जितेका थिए र अहिले एमालेको समिकरण परिवर्तन भएको अवस्थामा प्रभाबशाली नेताहरुको साथ बिसिलाई रहेको छ ।
स्थायी कमिटी सदस्य यामलाल कंडेल, केन्द्रीय सदस्य एवम् सुर्खेत जिल्ला सहइन्चार्ज मोहनमाया ढकाल, निवर्तमान जिल्ला अध्यक्ष ध्रुवकुमार शाही, कर्णाली प्रदेश कमिटीका सचिव कमल शाहीसहित जिल्लाका प्रभावशाली नेताहरुले साथ बिसिलाई दिएका छन् भने, कुलमणि देवकोटा, कविन्द्र केसी र घनश्याम पाण्डेजस्ता चर्चीत उम्मेद्वार पदाधिकारीका लागी चुनावी मैदानमा रहेका छन् । यस कारणले पनी बिसिले सहजै चुनावी नतिजा हात पार्छन भन्ने उनि निकटका कार्यकर्ताहरुले बताउँछन् ।
अर्का उमेद्घार डण्डी प्रशाद शर्मा पनी बलिया छन् । शर्मालाई केन्द्रीय सदस्य एवम् सुर्खेत जिल्ला इन्चार्ज नवराज रावतदेखि प्रदेश कमिटीका धेरै सदस्यहरुको साथ रहेको छ ।
विगतमा कंडेलकै समूहमा रहेका ताराकेशर गौतम, टेकेन्द्र बस्नेतलगायतका नेताहरु शर्माको पक्षमा देखिएका छन् । युवा नेताहरु हरि अधिकारी, नेत्रलाल महतारालगायतले पनि शर्मालाई जिताउन लागिपरेका छन् । पूर्वी सुर्खेतका शर्माले पदाधिकारीमा भुगोलको प्रतिनिधित्वलाई पनि मिलाएका छन् । उनको टिममा उपाध्यक्षमा वीरेन्द्रनगरका ऋषि गिरी छन् भने सचिवमा पश्चिम सुर्खेतका रेशम राना छन् ।
अध्यक्ष पदमा कसले जित्छ भन्ने कुरा मतदानबाटै निश्चीत हुने देखीन्छ ।


दर्शन खबर । २७ पुष २०७८, मंगलवार