जिल्ला स्तरीय एन्फा लिगमा खोर्के क्लव वीजयी

मंगलगढि भित्रको मैदानमा भएको खेलमा साथी र्खोकेले पहिलो हाफमा दिवस वि.सीले २ र अशोक गाहामगरले २ गोल गरि ४ गोलको अग्रता लिए संगै भैरवी क्लवका गणेश थापाले १ गोल गरेका थिए ।

जिल्ला स्तरीय फुटबल लिगमा १८ क्लव दर्ता भएकोमा सोमबार सम्म ६ क्लवले फुटबल खेलिसकेका छन, भने १२ क्लवले भने खेल खेल्न बाकी छ । यस खेलबाट छटौँ स्थान सम्म आउनेले सिधै लिग चरण खेल्न पाउने भएका छन । सातौ र आठौँ स्थानमा आउने क्लवले प्रदेश स्तरीय लिग खेल्ने र यसबाट छनौट भएकाले सि डिभिजन लिग खेल्न पाउने प्रशिक्षक रमेश तुलाधरले जनाकारी दिए ।

आयोजित पुटबल प्रतियोगिता पुष २४ गतेबाट सुरु हुनुका साथै माघ १० गते सम्म सञ्चालन हुने बताए ।

प्रतियोगितामा मेजर गणेश अधिकारी,सैनि स्कुलका प्रधानाध्याप मोतीराम सिजापती,कर्णाली प्रदेश तेव्वान्दोका उपाअध्यक्ष प्रमोद हमाल,सुर्खेत जिल्लाका प्रशिक्षक भुवन थापा, जिल्ला खेलकुदका अध्यक्ष चन्द्र कुमार गिरीलगायतको उपस्थिति रहेको थियो ।


तपाईको प्रतिक्रिया