बाघको आक्रमणबाट बाँकेमा एक जनाको मृत्यु

बाँके । बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शनिबार बिहान जंगलमा पात टिप्न जानेक्रममा राप्ती सोनारी गाउँपालिका वडा नं. ६ हब्रहवाकी ३० बर्षीया चाँदनी चौधरीलाई बाघले आक्रमण गरेको थियो ।

चौधरीको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । बिहीबार मात्रै राप्ती सोनारी वडा नं. ४ की ५२ वर्षीया महिलाको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।


तपाईको प्रतिक्रिया