भारतमा ओमिक्रोन भेरियन्टका संक्रमित तीन हजार नाघे


भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको कुल संख्या तीन हजार ७१ पुगेको छ। संक्रमितमध्ये एक हजार २०३ जना निको भएका छन्।

अहिलेसम्म भारतका २७ राज्य तथा प्रदेशमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भइसकेको छ। सबैभन्दा धेरै महाराष्ट्रमा ८७६ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको हो। यस्तै दिल्लीमा ५१३ तथा कर्नाटकमा ३३३ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो।

यसैबीच भारतमा पछिल्लो २४ घण्टामा एक लाख ४१ हजार ९८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योबीचमा २८५ जनाको कोभिड १९ का कारण मृत्यु भएको छ।


तपाईको प्रतिक्रिया