प्रधानमन्त्री देउवा सहभागी हुने भनिएको दशौँ भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित

काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाले भाग लिने भनिएको दशौँ भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित भएको छ।

गुजरात सरकारले ओमिक्रोन भेरियन्टको त्रासको कारण सम्मेलनलाई स्थगित भएको जनाएको छ ।

आउँदो सोमवारदेखि बुधवारसम्म सम्मेलन आयोजना गर्ने तयारी थियो । प्रधानमन्त्री देउवा २० सदस्यीय प्रतिनिधिमण्डलसहित आइतवार गुजरात जाने तयारीमा हुनुहुन्थ्याे।


तपाईको प्रतिक्रिया