करोडौंका ‘हाइ–मास्ट’ लाइट दिनमा बल्ने रातमा नबल्ने


सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जडान गरिएका करोडौंका ‘हाइ–मास्ट’ लाइट दिनमा बल्ने रातमा नबल्ने गरेको पाइएको छ ।
सुर्खेतको वीरेन्द्रनगर पिपिरा चोकमा रहेको लाईट दिउसो ११ वजे सम्म वल्ने गरेको भएपनि गणेशचोकमा रहेको लाईट भने रातीमा समेत नवल्ने गरेको स्थानीयवासीले गुनासो गरे । वीरेन्द्रनगरका व्यस्त वजारमा जडान गरिएका लाई लाईट केही महीना नहुदै वल्न छाडेका छन् । वीरेन्द्रनगर नगरपालिकाले ‘नगर उज्यालो कार्यक्रम मार्फत ’१ करोड २० लाख रुपैयाँ लागतमा नगर क्षेत्रका व्यस्त १२ स्थानमा हाइ–मास्ट लाइट जडान गरेको थियो ।
नगरको मुख्य राजमार्ग तथा बजार क्षेत्रलाई प्राथमिकतामा राखेर लाइट जडान गरिएपनि हाल लाइटहरु भने बल्न छाडेका छन् । हाइमास्ट लाईट जडानभएको पहिलो हप्तादेखिनै सामान्य समस्यामा तत्काल मर्मत गरियतापनि हाल मर्मत नहुदा वीरेन्द्रनगर वजार क्षेत्रको गणेश चोकमा बल्न छाडेको छ भने देउती बज्यै चोकमा दिनको समयमा बल्ने रातिको समयमा नबल्ने भएको छ ।
गणेश चौकका स्थानीय शिब आचार्यले एक हप्ता अगाडि लाइट नबलेपछि ६ नं. वडा कार्यालयलाइ जानकारी गराएको र वडा कार्यालयका कर्मचारीले सेवा प्रदायक आईड्रिम सोलुसनमा फोन गर्नु भनेर नम्वर दिएको तर आईड्रिम सोलुसनमा फोन गर्दा समेत व्यवास्था गरेको गुनासो व्यक्त गरे ।
देउति बज्यै चोकमा दिनको समयमा बल्ने तर रातको समयमा नबल्ने समस्या भएको स्थानियहरुले समाजिक संजाल फेसबुक मार्फत जाकारी गराउदा समेत कसैबाट ध्यान नदिएको पाइएको छ ।
जनताको करबाट करोडौरुपौया खर्चगरेको ठाउमा कुनै निकायपनि जबाफदेहि नभएपछि स्थानियहरु चिन्तित बनेका छन् ।
वीरेन्द्रनगर नगरपालिकाका सव इन्जिनियर राजन तिवारीका अनुसार विरेन्द्रनगर वडा नं. ६ भित्र गणेश चौक , विरेन्द्रचौक र सहिद पार्क डाडामा जडान गरिएका ३ वटा हाइमास्ट लाइटको २६ लाख ८८ हजार २ सय ८८ रुपैयामा सेवा प्रदायक आईड्रिम सोलुसन , सुर्खेत र अन्य ९ वटा लाईटको ६५ लाख ३९ हजार ३९ रुपौयामा ड्राइभ इलेक्ट्रोनिक्स प्रा.ली काठमाण्डौं ले १ बर्ष सम्म मर्मत सम्भार गर्ने सम्झौता भएको जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया