बतासे डाडामा मेडिकल कलेजका लागि गुरुयोजना तयार


सुर्खेत । सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना मार्फत गुरुयोजना निर्माण भएर प्रारम्भिक सर्वेको काम भईरहेको छ ।
वीरेन्द्रनगर नगरपालिका ११ र १३ वडाका बस्तीपुरको बतासे डाडामा मेडिकल कलेजका लागि गुरुयोजना बनाईएको आयोजना कार्यलयले जनाकारी दिएको छ ।
गुरुयोजना र प्रारम्भिक सर्वेमा ८२ विगा जग्गा अधिग्रहणका लागि तयारी गरिएको छ । ‘गुरुयोजना निर्माण भईसकेको र सर्वेको काम भईरहेको सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाका निर्देशक हेमकुमार ढकालले जाकारी दिनुभयो । अब वातावरणीय प्रभाव मुल्याङ्कन (आईई) हुनेछ र त्यसपछि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भएपछि निर्माणका कामहरु हुने ढकालले जानकारी दिनुभयो ।
गत दुई आर्थिक वर्षमा १० करोडका दरले २० करोड आएको नेपाल सरकारले विनियोजन गरेको थियो। यो आर्थिक वर्षमा २ करोड रकम विनियोजन भएको छ । वातावरणीय प्रभाव मुल्याङ्कन सकिएपछि सरकारले कति जग्गा दिने हो त्यसको टुंगो लाग्ने आयोजनाले जनाएको छ ।
वन तथा बातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मुल्याङ्कन स्वीकृत भएपछि मात्र अन्य कामहरु सुरु हुने र आईई र डिपिआर गरेपछि भौतिक संरचना तयार गर्न कम्तिमा ५ देखि ६ वर्ष लाग्नेछ । अस्पताल सञ्चालनमा ल्याउन कम्तिमा २ वर्ष लाग्ने आयोजनाको कार्यालयले जानकारी दिएको छ । अस्पताल सञ्चालन भएको ३ वर्षपछि आवश्यक मात्र डाक्टर पढाउन अनुमति पाउने छ । यसका लागि दूत गतिमा काम भए कम्तिमा १० वर्षपछि मात्र सुर्खेतमै डाक्टर पढाई हुनेछ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले मेडिकल कलेज निर्माणका लागि पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय २०७६ साल जेष्ठमा स्थापना भएको हो । कर्णालीमा जनसंख्या हेरेर कम्तिमा ६ सय बेडसम्मको अस्पताल बनाउने तयारी भइरहेको जनाइएको छ ।


तपाईको प्रतिक्रिया