संसदले मिडियाको घाँटी निमोठ्न खोजेको छ : पूर्व अध्यक्ष झा

सुर्खेत ।
नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष धर्मेन्द्र झाले संसदमा दर्ता गरिएको मिडिया विधेयकका प्रावधानले मिडियाको घाँटी निमोठ्ने काम गर्न खोजिरहेको बताएका छन ।
नेपाल पत्रकार महासंघ केन्द्रको निर्णय अनुसार, मिडिया विधेयक सम्बन्धिको पहिलो चरणकोे अन्तिम दिनको आन्दोलन कार्यक्रमलाई सुर्खेतमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।
पुर्व अध्यक्ष झाले समाजलाई सुसुचित बनाउने र नराम्रो कामको भण्डाफोर गर्ने भनेको नै पत्रकार भएकाले पत्रकारहरुको विरुद्धमा संसदमा दर्ता गरिएको विधेयकले सञ्चार माध्यम तथा पत्रकारहरुको घाँटी निमोठ्न खोजेको बताए ।
उनले संसदमा दर्ता गरिएको मिडिया विधेयक संसोधनकोे बारेमा नेपाल पत्रकार महासंघले गरेको आन्दोलनको बारेमा सरकारले कुनैपनि सुनुवाई गर्नकोलागि आलटाल गरिरहेको बताए ।
राण शासन फालेर अध्यारोमा गुम्सियर बसेको समाजलाई उज्यालोमा ल्याउन पत्रकार सफल भएकोे बताउदै उनले भने, ‘सरकारले संसदमा दर्ता गरेको मिडिया बिधेयक संसदबाट फिर्ता लिएर संसोधन नगरे यो सरकारलाई पनि पत्रकारुले सरकारबाटनै फाल्न सक्छौ ।’
यस्तै नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य कलेन्द्र सेजुवनलले मिडिया विधेयकका प्रावधानहरुले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगकारुपमा स्थापित गर्नुका साथै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने भएको हुँदा उक्त मिडिया विधिेयक संसदमा पास हुन नदिनकोलागि आगामी दिनमा आफुहरुको आन्दोलनलाई आगामी दिनमा अझै शसक्त बनाउदै जैजाने बताए ।
आन्दोलन कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सुर्खेत अध्यक्ष गणेश कञ्चन भारती, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश उपाध्यक्ष कमल पन्त लगायतले मिडिया विधेयकको बारेमा आ–आफ्नो भनाई राखेका थिए ।
मिडिया विधेयकका प्रावधानहरुले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगकारुपमा स्थापित गर्नलागिएकोमा विरोध गर्दै स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने निर्णयका विरुद्ध सुर्खेत जिल्लाका पत्रकारहरुले आज जिल्ला प्रशासन कार्यालय सुर्खेतमा आफ्नो सञ्चार साधनहरु प्रदर्शनी सहित धर्ना बसेका थिए ।

तपाईको प्रतिक्रिया