दिल्लीमा नेपाली महिलामाथि सामूहिक बलात्कार

भारत । भारतको राजधानी नयाँदिल्लीबाट मुम्बईका लागि हिँडेकी २२ वर्षीय नेपाली महिलामाथि सामूहिक बलात्कार भएको छ । दिल्लीको द्वारकामा आइतबार राति चारजनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । ती महिला मुम्बई पुगेपछि मात्र घटना बाहिर आएको हो । घटनालाई लिएर मुम्बईको ओसिवारा पुलिस थानामा एफआईआर दर्ता भएको छ ।
प्रहरी अनुसन्धानमा ती महिला मुम्बईमा रहेका आफ्ना दाजुलाई भेट्न भन्दै ९ मेमा चितवनबाट नयाँदिल्लीका लागि हिँडेको खुलेको छ । उनी ११ मेमा बसबाट दिल्ली आइपुगिन् ।
दिल्ली पुगेपछि उनले मुम्बई जाने बस कहाँ छ भनेर सोधपुछ गर्न थालिन् । त्यही क्रममा एक जनाले द्वारकाबाट जान्छ भनेपछि उनी द्वारका पुगिन् । द्वारकामा उनी एक फलफूल पसलेको सम्पर्कमा पुगिन् ।
पसलेले उनलाई मुम्बईमा पठाइदिन्छु र आवश्यक व्यवस्था गरिदिन्छु भनेर आश्वासन दियो । साँझ पर्दै गएपछि रातिको समयमा बाहिर बस्नु हुँदैनभन्दै आफ्नो कोठामा जान अनुरोधर्गयो । मुम्बई पठाइदिन्छु भन्ने आश्वासन पाएकी ती महिलालाई थाहा थिएन, रक्षकका रूपमा प्रस्तुत भएको व्यक्ति नै केहीबेरमाभक्षक हुन्छ भन्ने । नजिकैको कोठामा लगेपछि उसले बलात्कार र्गयो ।
प्रहरीका अनुसार आफूले बलात्कार गरेपछि उसले अन्य तीन साथीलाई बोलायो र उनीहरूलेपनि बलात्कार गरे ।
बलात्कारपछि घटनाबारे कसैलाई बताए मार्ने धम्कीसमेत उनीहरूले दिएको महिलाले प्रहरीसमक्ष बताएकी छन् । मुख्य अभियुक्तले ‘मुम्बईमा तेरो को छ ?’ भन्दै सोधेपछि उनले दाजुलाई भेट्न जान लागेको बताएकी थिइन् । उसकै फोनबाट मुम्बईमा रहेका आफ्ना दाजुसँग कुरा गराएकी थिइन् । त्यतिबेलासम्म महिलाका दाजुलाई घटनाबारे केही थाहा थिएन ।
मुख्य अभियुक्तका साथीहरूले उनलाई अटोरिक्सामा चढाएर दिल्ली स्टेसन र्पुयाए र मुम्बई जाने रेलमा चढाइदिए । १३ तारिख राति मुम्बई पुगेपछि मात्र उनले घटनाबारे दाजुलाई बताइन् ।
भोलिपल्ट दुवै जना नजिकैको ओसिवारा पुलिस थानामा गएर घटनाबारे जानकारी गराए । उनीहरूले दिएको विवरण आधारमा प्रहरीले एफआईआर दर्ता गरेको हो । स्रोतका अनुसार घटना दिल्लीमा भएकाले मुम्बई प्रहरीले एफआईआर दिल्लीको द्धारका उत्तर प्रहरी थानालाई पठाइसकेको छ ।
प्रहरी स्रोतका अनुसार पीडित महिलाको दाजुसँग भएको फोन सम्पर्ककै आधारमा घटनामा संलग्न मुख्य अभियुक्तको नाम र ठेगाना पहिचान भइसकेको छ । थप अनुसन्धानका लागि पीडित महिलालाई दिल्ली ल्याउने तयारी भइरहेको बताइएको छ ।
दिल्लीमा नेपाली महिलाको सामूहिक बलात्कार यो पहिलो भने होइन । यसअघि सन् २०१३ मा पनि दिल्लीमै अर्की एक नेपाली महिलाको सामूहिक बलात्कार भएको थियो । दिल्लीको साउथ एक्सटेन्सन नजिकबाट अपहरित ती महिलालाई तीनजना व्यक्तिले सामूहिक बलात्कारपछि नजिकैको फ्लाइओभरमा छाडेका थिए । सन् २०१२ मा २३ वर्षीय युवती ज्योति पाण्डेको सामूहिक बलात्कार भएको थियो ।
पाण्डेको उपचार क्रममा सिंगापुरमा निधन भएपछि महिला र बालबालिकाविरुद्ध हुने बलात्कार र यौद दुव्र्यवहारविरुद्ध भारतभरि नै आक्रोश व्यक्त भएको थियो । पछि उक्त घटना निभर्या काण्डका रूपमा चर्चित बन्यो र घटनाका अभियुक्तहरूलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो ।

तपाईको प्रतिक्रिया