
सुर्खेत । काठमाण्डौंमा सम्पन्न प्रथम मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सुर्खेतले ६ पदक हात पारेको छ । पौष १५ देखि १७ सम्म राजधानीमा सम्पन्न प्रतियोगितामा कर्णालीका ८ पदक सहित सुर्खेतलाई ६ पदक मिलेको हो । प्रतियोगितामा कर्णालीले २ रजत सहित ६ काँस्य जित्यो ।
तेक्वान्दो सुर्खेतका प्रशिक्षक भुवन थापाका अनुसार ६३ के.जी. तौल समूहमा सल्यानका योगन्द्र शाह र ५० के.जी. तर्पm सुर्खेतका सुशील ओलीले रजत पदक जितेका हुन् ।
४६ के.जी तौल समूहमा सुर्खेतका दिनेश मगरले पुम्सेमा र राजकुमारी गुरुङ्गले काँस्य हात पारे । त्यस्तै, ७६ के.जी. तर्पm रुकुमका डिल्ली प्रसाद शर्मा, ४९ के.जी. तौल तर्पm सुर्खेतका दिप्ती नेपाली, ६३ के.जी. तर्पm सुर्खेतकै पुजा गाहा र ५४ के.जी. तर्पm पनि सुर्खेतकै दिपेन्द्र चुनाराले काँस्य पदक जिते ।
गत पुष ८ गते कर्णालीको राजधानी सुर्खेतमा सम्पन्न प्रथम प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा छनौट भई कर्णालीका १९ जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए । जसमा सुर्खेतका १५, रुकुमका ३ र सल्यानका १ जना खेलाडी थिए । प्रदेश स्तरीय प्रतियोगितामा सुर्खेतले १४ स्वर्ण, ६ रजत र ४ काँस्य सहित च्याम्पियन भएको थियो ।


दर्शन खबर । १८ पुष २०७८, आईतवार