दाङमा लागुऔषधसहित पाँच जना पक्राउ


दाङ । दुई दिनको अवधिमा दाङको तुलसीपुरमा लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ की मन्दिरा थापा, वडा नम्बर ५ कै दीपु नेपाली, तुलसीपुर-६ बरुवागाउँका रूद्रमणि पोखरेल शर्मा, बरुवागाउँकै उर्मिला चौधरी र तुलसीपुर-७ सागरनगर टोलका कैलाश नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट ५ ग्राम ७ सय १० मिलिग्राम ब्राउन सुगर पनि बरामद गरेको छ ।


तपाईको प्रतिक्रिया