कोभिड १९ ले नागरिक समाजमा पारेको असर विषयक छलफल कार्यक्रम सम्पन्न


सुर्खेत । कोभिड १९ ले नागरिक समाजमा पारेको असर विषयक कणर्ाली प्रदेश स्तरीय छलफल कार्यक्रम वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
शुक्रबार शान्तीका लागी साझा अभियान (कोक्याप) को आयोजना तथा ईन्सेक कणर्ाली प्रदेशका संयोजक नारायण सुवेदीको सहजीकरणमा भएको कार्यक्रमका सहभागिहरुले कोभिड १९ का कारण दातृ निकायले दिने बजेटमा कमी, नागरिक समाज संस्थाका कर्मचारीको सेवा सुविधामा कटौती, बेरोजगारी सृजना, नागरिक समाज संस्थाले लक्षीत समुदाय सम्म कार्यक्रम लैजान नसकेको, बताउनु भएको थियो । यस्तै कोभिड १९ कारण नागरिक समाज संस्थाहरुलाई स्वत्रन्त्र रुपमा काम गर्न रोकावट भएको, खोप, अक्सिजन तथा आधारभुत सेवामा राज्य स्तरबाटै विभेद भएको, स्वास्य सामाग्रीमा कालोबजारी भएकोले नागरिक समाज संस्थामा प्रत्यक्ष रुपमा असर परेको नागरिक समाज संस्थाका प्रतिनिधिहरुको भनाई रहेको छ । यस्तै आगामी दिनमा महामारी सम्बोधन गर्नका लागी आवश्यक रणनितिहरुका विषयमा पनी समुहगत रुपमा छलफल गरिएको थियो ।

यस्ता माहामारी विरुद्ध आगामी दिनमा नागरिक समाज संस्था, स्थानिय तह, प्रदेश र केन्द्र सरकारबिच समन्वय बढाउनुपर्ने, कोभिड प्रभावितहरुका लागी राहातका अनुदान कार्यक्रम तथा मनोसामाजिक परामर्ष कार्यक्रम संचालन गर्नुपर्ने र रोजगारी सृजना गर्नका लागी बेरोजगार युवाहरुलाई रोजगारी मुलक कार्यक्रम संचालन तथा संस्थागत दिगोपनाका लागी सहयोग आवश्यक रहेको कार्यक्रमका सहभागिहरुले बताउनुभएको थियो । कार्यक्रममा गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य घनश्याम केसि, मानब अधिकार रक्षक समुहका संयोजक पिताम्वर ढकाल, जनप्रतिनिधी, संचारकर्मी, नागरिक संस्थाका प्रतिनिधी तथा विद्यार्थिहरुको सहभागिता रहेको शान्तीका लागी साझा अभियानका कार्यक्रम संयोजक प्रभात भट्टले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया