
सुर्खेत । पञ्चपुरी नगरपालिका ६ चतुरेमा रहेको गौरिशंकर आधारभुत बिद्यालयलाई बुधवार पि फम सहयोग गरिएको छ । मंगलवार भित्तेपत्रिका प्रकाशन तालिममा निशा कंडेल, अमर कार्की र दिपशिखा गिरी बिद्यालयमा पुग्दा बालबालिकाहरु चिसो भुईमा बसिरहेको देख्दा श्रोत ब्यवस्थापन गरेर ५० मिटर पि फम एकता फाउन्डेसन मार्फत सहयोग गरिएको हो ।
बुधबार वडा नं ६ का अध्यक्ष खड्कबहादुर थापाले सहयोग हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष थापाले आगामी हिउदे परिषदमा बिद्यालयको ब्यवस्थापनका लागि आवश्यक सहयोग गर्ने समेत प्रतिबद्धता जनाउनुभएको छ ।
बालबिकास देखि कक्षा ३ सम्मका बिद्यार्थी बस्न कक्षा कोठाको कार्पेट पनि पुरानो भएको र भुई अत्याधिक चिसो हुने हुदा बिद्यार्थी बाहिर चौरमा राखेर पढाउन घामको पर्खाईमा बस्न बाध्य हुने गरेको प्रधानाध्यापक कलावति भण्डारीको भनाइ रहेको छ ।
त्यस्तै शिक्षिका कमला पाठकले पि फम सहयोगले बिद्यालयको तत्कालको समस्या समाधान भएको र दिर्घकालिन समस्या समाधानका लागि शिक्षा शाखा, वडा कार्यालय र स्थानीय सकारले सहयोग गर्नुपर्ने बताउनुभएको छ । आर्थिक श्रोत कम भएको गौरिशंकर बिद्यालयमा ५ जना शिक्षकहरु स्थानीय श्रोतबाट अध्यापन गराउने गरेका छन ।


दर्शन खबर । १५ पुष २०७८, बिहीबार