
प्रचण्डले सोमबार पेश गरेको राजनीतिक प्रतिवेदन र देव गुरुङले पेश गरेको विधान प्रतिवेदन माथिको बुधबार ११ समूहका संयोजकले रिर्पोटिङ गरेका थिए । बाँकी १३ समूहको रिर्पोटिङ आज सकिँदै छ । समूहगत निष्कर्ष सकिएपछि प्रचण्डले त्यसको जवाफ दिने र परिमार्जनसहित आजै पारित गर्ने तयारी भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
यस्तै, विधान प्रतिवेदन बन्दसत्र हलबाट पारित भएपछि निर्वाचनको प्रक्रिया अगाडि बढाउने तयारी भएको छ । बन्दसत्रमा पेश भएको विधान प्रतिवेशनपछि नयाँ नेतृत्व छनोटका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।


दर्शन खबर । १५ पुष २०७८, बिहीबार