
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्जकाे सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त गस्ती टोलीले चित्तलकाे मासुसहित तीन जनालाइ पक्राउ गरेकाे छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा चित्तलको आलो मासुसहित ठाकुरबाबा नगरपालिकाका वडा नम्बर २ का तीन जनालाइ पक्राउ गरेको हाे।
पक्राउ पर्नेमा ४६ वर्षीय बल्लुराम थारु, ३९ वर्षीय लालबहादुर चौधरी र ३७ वर्षीय राजाराम थारु रहेकाे निकुञ्जले जनाएको छ। निकुञ्जको बलाती कोरिडोर क्षेत्रमा चित्तलको शिकार गरी टुक्राउदै गरेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । पक्राउ गरिएका व्यक्तिलाई घटनाको थप अनुसन्धान र आवश्यक कारबाही अघि बढाएको अधिकृत श्रेष्ठले बताए ।


दर्शन खबर । १४ पुष २०७८, बुधबार