बीरेन्द्रनगरमा भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकारको जित

सुर्खेत । सुर्खेतको बीरेन्द्रनगरमा भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकारको टोलीले सहज जित हात पारेको छ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदको स्थापना दिवसको अवसरमा प्रतियोगिताको आयोजना गरिएको हो। पत्रकार र खेलकुद विकास परिषदका पदाधिकारी तथा कर्मचारीबीच भएको मैत्रीपूर्ण भलिबलमा पत्रकारको टोलीले दुइ शून्यको सोझो सेटमा हराएको हो। पहिलो सेट निकै प्रतिस्पर्धामाक देखिएको थियो भने दोस्रो सेटमा पत्रकारको टोलीले एक्लौटी जित दर्ता गर्यो।

२४–२२ ले पछाडी परेको पत्रकार टोलीले खेललाइ लयमा फर्कादै २६–२४ जित निकाल्दै खेलकुदको टोलीलाइ स्तब्द बनायो। दोस्रो खेलको शुरुबाटै दबाबमा परेको खेलकुद पदाधिकारीको टोलीलाइ १२–२५ मा सेटमा रोक्दै लगातार दुइसेट जित्दै नतिजा हात पार्न सफल भयो। जिल्ला खेलकुद विकास समितिको मैदानमा भएको प्रतियोगितामा पत्रकारको कप्तानी केशब ढकालले गर्नु भएको थियो भने खेलकुद पदाधिकारीको कप्तानी प्रमोद हमालले गर्नुभएको हो। यसैबीच खेलाडीहरुलाइ भोली स्थापना दिवसको अवसरमा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको जनाइएकाे छ।


तपाईको प्रतिक्रिया