
जुम्ला । नेकपा एमालेकाे जुम्लास्थित पार्टी कार्यालयमा एक जनाकाे मृत अवस्थामा शव फेला परेकाे छ । चन्दननाथ नगरपालिका-१ वस्ने तर सडकमा मागी खाने ५६ वर्षीय सेतो कुलालकाे शव फेला परेकाे हाे । एमालेकाे कार्यालयको नयाँ बन्दै गरेको भवनमा मृत अवस्थामा शव रहेकाे जानकारीपछि प्रहरीले शव फेला पारेकाे जनाएकाे छ ।
स्थानीयले खवर गरे अनुसन्धान अधिकृतसहित सात जनाको टोली गएकाे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएकाे छ । मृतको अनुहारमा चोट पटक देखिएकोले थप अनुसन्धानको लागि प्रहरी नायव उपरीक्षक नरेन्द चन्दको कमाण्डमा पाँच जनाको टोली खटिएकाे प्रहरीले जनाएकाे छ ।


दर्शन खबर । १३ पुष २०७८, मंगलवार