सुदूर र कर्णालीका केही जिल्लामा मौसम परिवर्तन हुने


सुर्खेत । पश्चिमी वायुका कारण आगामी एक सातामा मौसमी प्रभाव हुने संकेत देखिएको छ । सुदूर र कर्णाली प्रदेशका उच्च हिमाली जिल्लाहरुमा आजदेखी हल्कादेखी मध्यम हिमपात शुरु भइरहेको र पश्चिमी वायु नेपाल प्रवेश गर्ने चरणमा रहेकाले एक सातासम्म मौसम प्रभावित हुनसक्ने वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिए ।
उनकाअनुसार पश्चिमी वायुको आंशिक असर आजदेखी शुरु भएको छ । ‘सुदूर पश्चिममा पश्चिमी वायु प्रवेश गरिसकेको छ, हल्का क्लाउड (वादल) लागिरेहेका छ,’ पौडेलले भने, ‘यसको असर तराईँदेखी उच्च हिमाली जिल्लामा पर्ने देखिन्छ ।’ तराई र पहाडसम्म आइतबारदेखी हल्का वर्षा र उच्च पहाडी क्षेत्र र हिमालमा हिमपात हुने सम्भावना अधिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


तपाईको प्रतिक्रिया