नेकपा एमाले सुर्खेतको जिल्ला अधिवेशन पौष २३ र २४ गते


सुर्खेत । नेकपा एमाले सुर्खेतका आठौँ जिल्ला अधिवेशन यहीँ पुस २३ र २४ गते गर्ने गरी मिति तय गरिएको छ ।
अधिवेशनका लागि सहभागी हुने प्रतिनिधी पुस १७ गतेभित्र वडाबाट छनोट गरिने प्रचारप्रसार समितिका संयोजक गंगाराम तिमिल्सिनाले जानकारी दिए । वडाबाट प्रतिनिधी छनोट गर्दा अन्य जाती तथा जनजाती क्षेत्रबाट ३० जना पार्टीका क्रियाशिल सदस्य बराबर १ जना प्रतिनिधी र दलित क्षेत्रबाट २० जना बराबर १ जना प्रतिनिधी छनोट हुने भएका छन् ।
सुर्खेत जिल्लामा ९९ वडा छन् । जसमा एमालेका एक हजार दुई सय ८० जना पार्टीका क्रियाशिल सदस्य रहेका छन् । जिल्ला अधिवेशनले एक सय पाँच जना कार्यसमिति सदस्य चयन गर्ने पार्टीका अध्यक्ष ध्रुबकुमार शाहीले जानकारी दिए । उनका अनुसार जिल्ला अधिवेशनका लागि सर्वसहमतको प्रयासबाट प्रतिनिधी छनोटको प्रक्रिया सुरु गरिने छ ।
एमालेको जिल्ला अधिवेशन सम्पन्न गर्न समिति गठन गरिएको छ । पार्टीको जिल्ला कमिटि बैठकबाट आठवटा समिति गठन गरिएको हो । पार्टी अध्यक्ष समेत रहेका ध्रुबकुमार शाहीको नेतृत्वमा राजनीतिक तथा सांगठनीक प्रतिवेदन लेखन समिति, उपाध्यक्ष अमृत बहादुर विसीको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति, घनश्याम पाण्डेको संयोजकत्वमा प्रतिनिधी व्यवस्थापन समिति र प्रचार-प्रसार समितिको संयोजकमा गंगाराम तिमिल्सेनाको जिम्मेवारी तोकिएको छ ।
यस्तै, हल तथा मञ्च व्यवस्थापन समिति संयोजकमा हरिहरनाथ योगी, खाना तथा खाजा व्यवस्थापन समिति संयोजकमा पूर्ण प्रसाद पौडेल, स्वयंसेवक परिचालन व्यवस्थापन समिति संयोजकमा चर्तुभुज शाही र अतिथि सत्कार समिति संयोजकमा सुशिला विकलाई जिम्मेवारी तोकिएको छ ।
नेकपा एमाले सुर्खेतले पार्टीको जिल्ला कमिटिको सचिवालयमा सदस्य थप गरेको छ । जिल्ला कमिटि सदस्य समेत रहेका डम्मर तिवारी, हरिहरनाथ योगी, गंगाराम तिमिल्सेना, ऋषी गिरी, खड्क भट्टराई, पूणर् प्रसाद पौड्याल र यज्ञ ढकाललाई सचिवालय सदस्यमा थप गर्ने निणर्य गरेको हो ।
यसैगरी, टिकाराम सोमै, सुशिला विक, बलबहादुर नेपाली, तुलबहादुर सहकारी र जीतबहादुर सिंहलाई समेत जिल्ला कमिटिको सचिवालयमा थप गर्ने निणर्य गरेको प्रचार-प्रसार समिति संयोजक गंगाराम तिमिल्सेनाले जानकारी दिए ।


तपाईको प्रतिक्रिया