वीरेन्द्रनगरका प्रमुख प्रशासकीय ढकालको सरुवा, यस्तो छ ३२ महिने काम


सुर्खेत । वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख प्रशाशकीय अधिकृत टिकाराम ढकाल कोहलपुर नगरपालिकामा सरुवा हुनु भएको छ ।
वीरेन्द्रनगर नगरपालिकाबाट ३२ महिना ५ दिन काम गरी आगामी दिनमा कोहलपुर नगरपालिकाबाट काम गर्ने गरी औपचारिक रुपमा वीरेन्द्रनगर नगरपालिकाबाट सरुवा हुनु भएको हो ।
वीरेन्द्रनगर नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी बुधवार देखी विधाई गरेको हो ।
आफ्नो कार्यकालमा नगर क्षेत्रभरी करिव ५५ किलोमिटर आफ्नै अप्टिकल फाईबर सहित ८९ स्थानमा सिसिटिभी क्यामेरा विस्तार, आन्तरिक सञ्चार सेटको सुरुवात,एकीकृत सफ्टवेयर प्रणालीको सुरुवात, अधिकांश कार्य अनलाईनबाट गर्न मिल्ने तथा खर्च ब्यवस्थापमा सूत्र प्रणालीको पूर्ण, प्रयोग, भुक्तानी प्रणालीमा एकरुपता तथा वडा कार्यालयहरुबाट संचालित गैरकानूनी सरकारी खाताहरु बन्द गरी एकीकृत भूक्तानी प्रणाली, समायोजन पश्चात करिव ३ सय ५० जना कर्मचारी ब्यवस्थापन तथा सम्पूणर् कर्मचारीहरुलाई अधिकार प्रत्यायोजन गरी कार्यसम्पादन करार समेत सुरुवात गरेको प्रमुख प्रशासकिय अधिकृत ढकालले जानकारी दिनुभयो ।
स्थानीय सेवा ऐन तर्जुमा र कार्यान्वयन गरी लामो समय सम्म वृत्ति विकास रोकिएका कर्मचारीहरुको स्तरवृद्धि, कार्यालय तथा परिसरको ले आउट मर्मत सुधार लगायतका आन्तरिक ब्यवस्थापन, अक्सिजन प्लान्ट तथा नगर अस्पताल संचालनमा ठूलो भूमिका निर्वाह गरेको पनी उहाँले दावी गर्नुभयो ।
आफू बीरेन्द्रनगर बासी भएको नाताले आफूले विशेष चासो दिएर सुरु भएका केही अपुरा कामहरु जस्तै विस्तारित नगर क्षेत्रको गुरुयोजना, विश्व बैंकको सहयोगमा वीरेन्द्रनगर खानेपानी आयोजना संचालन, नगरपालिकाको प्रशासकीय भवन निर्माण, नगरपालिकालाई उपमहानगरको रुपमा स्तरोन्नती, खोला नालाको क्षेत्र विस्तार तथा वडा नम्बर १ मा कर्णाली बसपार्क निर्माण, फोहरमैला ब्यवस्थापन केन्द्रको पूणर्ता, एकीकृत सफ्टवेयरका सबै क्षेत्रहरुको प्रयोग गर्नु लगायतका कार्यहरु अबका जनप्रतिनिधी तथा कर्मचारीहरुले पूणर्ता दिनुपर्ने पालिकालाई उहाँको सुझाव रहेको छ ।
नगरपालिकाको १५० भन्दा बढि संख्यामा उपस्थित सिंगो टिम, श्रेणीविहिन कर्मचारी समूह, वडा सचिवहरु, सम्पूर्ण स्वास्थ्यकर्मी तथा नगर अस्पतालको समूह, महिला स्वरोजगार कार्यक्रम, नगरविकास समितिको परिवार तथा वडा नम्बर ६ परिवार लगाएत सवैलाई उहाँले धन्वाद दिनु भएको छ ।


तपाईको प्रतिक्रिया