
सुर्खेत । सिम्ता गाउँपालिका वडा नम्वर ९ मा आजदेखी फोरजी सेवा संचालनमा आएको छ ।
सिम्ता गाउँपालिका, कर्णाली प्रदेश सरकार तथा संघ सरकारको समन्वयमा टेलिफोन सेवा विहिन रहेको सिम्ता क्षेत्रमा फेर जी सेवा संचालन गरिएको हो ।
सोमवार गाउँपालिकाको वडा नम्वर ९ पशुनाउलामा नेपाल टेलीकमको टुजी र फोरजी सेवा संचालनमा आएपछी गाउँपालिकाको वडा नम्बर ९,८,७,५,३,४ सल्यान जिल्लाका केही भुभाग र चिङ्गाड गाउँपालिकाको केही वडामा नेपाल टेलीकमको सेवा संचालन हुने नेपाल दुर संचार कार्यालय सुर्खेतका प्रमुख शन्तोष शर्माले जानकारी दिए । यस्तै सिम्ता गाउँपालिका वडा नम्वर १ घोरेटाको गान्द्रामा पनी मंगलवा (भोली) देखी फेरजी र टुजी सेवा संचालनमा आउने प्रमुख शर्माले जानकारी दिए ।
फोर जी सेवा संचालनमा आएपश्चात वडा तथा पालिकामा हुने डिजिटल प्रविधिलाई प्रभावकारी बनाउनका लागी सहज हुने र सम्पुणर् सिम्ताली नागरिको सुचनामा पहुँचमा पुग्ने विश्वाश लिएको गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिए । फोरजी सेवा संचालन पश्चात शिक्षा, स्वास्थ्य, लगाएतमा अनलाईनबाट गर्नु कामहरु गर्न सहज हुने सिम्ताका सबै नागरिकहरु टेलीफोन सेवाको पहुचमा हुने अध्यक्ष केसिले बताए ।


दर्शन खबर । ५ पुष २०७८, सोमबार