कर्णालीमा माओवादी केन्द्र नेतृत्व छनोटमा रस्साकस्सी

सुर्खेत ।  माओवादी केन्द्र कर्णालीमा प्रदेशको नेतृत्व छनोट अन्योलमा परेको छ ।
यद्यपी मंगलवार सम्पन्न अधिवेशनवाट २११ सदस्यी प्रदेश कमिटि गठन गरिएको छ ।
पदाधिकारी छनोट भने हुन सकेको छैन । प्रदेश अध्यक्षका लागी अझै अधादर्जन आकांक्षीहरु कायमै छन ।
नाम नखुलाउने सर्तमा अध्यक्ष दाबेदार मध्यका एक नेताले दर्शनखवर संग नेतृत्व छनोट कसरी हुने हुने भन्ने अनिश्ति रहेको जानकारी दिए ।
बाकि रहेका आकांक्षीहरुमा कृष्ण जिसि (सुर्खेत), बिमला केसी (रुकुम पश्चिम), भिम प्रकाश शर्मा (सल्यान), गणेश वहादुर सिंह (जाजरकोट), लक्ष्मी चौलागाई (कालीकोट) लगायत रहेका छन ।
नेताहरुले बाहिर सहमतिकै कुरा गरेपनि आन्तरिक रुपमा ठुलै रस्साकस्सी रहेको स्रोतको भनाई छ ।
२११ सदस्यहरुको नाम घोषणा गरे लगत्तै मंगलवार केही प्रतिनिधिहरुले सदस्यमा नाम नपरेको भन्दै असन्तुष्टि जनाएका हुन् ।
केन्द्रीय सदस्य प्रदेश कमिटीको पदेन सदस्य रहने तर प्रदेश पदाधिकारीमा बस्न नमिल्ने प्रावधान तय गरेर सदस्यहरुको नाम घोषणा गरिएको नेकपा माओवादी केन्द्र कणर्ाली प्रदेश कमिटीका तत्कालिन सचिव रामदिप आचार्यले बताए ।
जुम्लाको कनकासुन्दरी गाउँपालिकाका केही प्रतिनिधिहरुले असन्तुष्टि जनाएपछि बन्द सत्रमा नारावाजी समेत भएको थियो । बुधवार बस्ने प्रदेश कमिटिले पदाधिकारी छनोट गर्ने छ । पदाधिकारी छनोट पछि पनि सहमति नजुटेमा अध्यक्ष पदका लागी मतदान हन सक्ने देखीएको छ ।


तपाईको प्रतिक्रिया