कांग्रेसका सभापति देउवालाई समाजवादीका अध्यक्ष नेपालले दिए शुभकामना

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् ।
अध्यक्ष नेपालले हालै सम्पन्न महाधिवेशनबाट सभापतिमा विजयी देउवालाई शुभकामना दिएका हुन् ।
र बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत अध्यक्ष नेपालले सभापति देउवालार्य बधाई दिएका हुन् ।
‘दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु,’ अध्यक्ष नेपालले ट्विटरमा लेखेका छन् ।


तपाईको प्रतिक्रिया