आज संसद बैठक बस्दै, ६ अध्यादेश पेश गरिने

;+3Lo ;+;b ejg
sf7df8f}F gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejg . ef]ln z’qmaf/ /fi6«klt ljBfb]jL e08f/Ln] oxL ejgaf6 ;/sf/sf] cfj @)&^/)&& sf] gLlt tyf sfo{qmd k|:t’t ug]{ to ePsf] 5 . t:jL/ M /Tg >]i7, /f;;

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (गलबार) २ बजे बस्दैछ । बैठकमा सुरक्षा, न्यायलगायत ६ वटा अध्यादेश पेश हुँदैछन् । कार्यसूचीअनुसार सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।
आजदेखि हुने प्रतिनिधि सभाको पहिलो बैठकमा अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता कार्यसूचीमा परेको छैन ।
यस्तै, सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची छ ।
गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय’ (पहिलो संशोधन) अध्यादेश, २०७८’ ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८’ ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८’ पेश गर्नेछन् ।
भौतिक पूर्वाधार तथा संसदीय मामिलामन्त्री रेणुकुमारी यादवले ‘रेल्वे अध्यादेश, २०७८’ पेश गर्ने कार्यसूची छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८,‘फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८’ पेश गर्नेछन् ।

तपाईको प्रतिक्रिया