अब कसलाई सघाउने ? निधि र सिंहबीच टेलिफोन संवाद


काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनमा पहिलो चरण नतिजाविहीन बनेसँगै सभापति पदका दाबेदार विमलेन्द्र निधि र प्रकाशमान सिंह चुनावी रेसबाट बाहिरिएका छन् । अब हुने दोस्रो चरणमा वर्तमान सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच भिडन्त हुने भएको छ ।
नतिजा बाहिरिएसँगै अब दोस्रो चरणको चुनावमा कसलाई सघाउने भन्ने विषयमा निधि र सिंहबीच मंगलबार बिहान टेलिफोन वार्ता भएको छ । दुई नेताबीच आ-आफ्नो टिमसँग छलफल गरेर कसलाई सघाउने भन्ने विषयमा निणर्य लिने कुराकानी भएको छ ।
कुल ४ हजार ६ सय ८१ मतदातामध्ये देउवाले २ हजार २ सय ५८ मत पाएर पहिलो भएका छन् । तर, ५० प्रतिशत मत कटाउनका लागि उनलाई ८२ मतले साथ दिएन । दोस्रो स्थान हासिल गरेका डा. शेखर कोइरालाले १ हजार ७ सय २९ मत प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थानमा प्रकाशमानसिंहले ३७१ मत पाएका छन् भने विमलेन्द्र निधिले २ सय ४९ मत पाएका छन् । सभापतिका अर्का दाबेदार कल्याण गुरुङले २० मत पाएका छन् ।


तपाईको प्रतिक्रिया