माओवादी केन्द्र कर्णालीकाे प्रथम सम्मेलन आजदेखी


सुर्खेत । आज देखि सुरु हुने माओवादी केन्द्र कर्णालीको प्रथम सम्मेलनको सबै तयारी पुरा भएको छ । सम्मेलको पूर्वसन्धामा पत्रकार सम्मेलन गर्दै माओवादीले अधिवेशन सबै तयारी पुरा भएको जनाएको हो । माओवादी केन्द्रको प्रथम कर्णाली प्रदेश सम्मेलन शनिबारदेखि वीरेन्द्रनगरको सिटी हलमा हुँदैछ ।
सम्मेलन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिडियो माध्यमबाट उद्घाटन गर्ने छन् । विहान ११ बजेदेखि अधिवेशनको उद्घाटन सत्र सुरु हुने माओवादी केन्द्र कणर्ाली प्रदेशका अध्यक्ष एवम् प्रदेश सम्मेलन आयोजक कमिटीका संयोजक राजकुमार शर्माले जानकारी दिए । सम्मेलनमा प्रदेशभरबाट ९६२ जना प्रतिनिधि सहभागी हुनेछन् । दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । सम्मेलनलाई सफल बनाउन विभिन्न उपसमितिहरु पनि गठन गरिएको शर्माले बताए ।


तपाईको प्रतिक्रिया