
सीता आचार्य
सुर्खेत । युवाहरू विदेशिनेक्रम बढीरहेको बेला सुर्खेतका ईमानसिंह वस्नेत च्याउ खेतीबाटै आत्मनिर्भर बनेका छन । देशमा रोजगारी नपाएर युवाहरु बिदेश पलायन भइरहँदा बस्नेतले आफ्नै गाउँघरमा च्याउ खेती गरी आफुमात्र स्वरोजगार बन्नु भएको छैन । उहाँले आसपासका अन्य बेरोजगार युवाहरुलाई पनि रोजगारी दिदै आउनुभएको छ । बिरेन्द्रनगर ११ चौखेढुङ्गा सुर्खेतका बस्नेत आफ्नै ५ कठ्ठा जग्गामा विगत आठ वर्षदेखि च्याउ खेति गर्दै आइरहनु भएको छ । कर्णाली प्रदेशमै च्याउ खेतीको शुरुवात गर्ने उहाँ पहिलो किसान हुनुहुन्छ ।
हाल उहाँ सग ६ हजार च्याउका डल्ला रहेका छन् । उहाँले पूर्ण रुपमा अर्गानिक विधि अपनाएर च्याउको खेती गर्दै आउनुभएको छ । “ सुरुवाति दिनहरुमा च्याउखेती बारे म संग कुनै अनुभव नै थिएन, मैले कुनै तालिम पनि लीएको थिएन, च्याउ खेतिमा अनुभबि ब्यक्ति लाई काममा लगाएर च्याउखेति सुरु गरेको हुँ, अहिले च्याउ खेति सम्बन्धी जुनसुकै तालिम दिनलाई म आफै सक्षम भएको छु । अहिले औसतमा दैनिक ५० केजि सम्म च्याउ उत्पादन हुने गरेको उहाँ बताउनुहुन्छ । “कुनै दिन ३-४ क्विन्टलनै निस्कीन्छ कुनै दिन खाली पनि हुन्छ अहिले अब एबरेजमा हेर्न हो भने दैनिक ४०-५० केजि उत्पादन भईरहेको छ,उहाँले भन्नुभयो “आफुले उत्पादन गरेको च्याउ अहिले बजारमा २२० रुपैयाँ सम्ममा बिक्री गर्ने गरेको छु । ” आफले उत्पादन गरेको च्याउका लागी आफुल ेनै बजार बनाएको हुदाँ च्याउ बिक्री गर्न कुनै समस्या नभएको उहाँको भनाई छ ।
दृढ ईच्छाशक्ति भएमा र मेहनत गरेमा कुनै पनि पेसा व्यबसाय मा सफल भईन्छ भन्ने उहाँको बुझाई छ । ५ जनाको उनको परिवारलाई च्याउखेति बाटै खर्च कटाएर मासीक एक देखी डेढ लाख सम्म बचाउने गरेको उहाले बताउनुभयो । विदेशको जति रगत पसिना स्वदेशमै बगाउन सकियो भने आफ्नै गाउघरमा पनि राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ ।
सरकारले किसानका लागी अनुदान दिने भने पनि वास्तविक किसानले अनुदान नपाएको उहाँको गुनासो छ । कणर्ालीमा कृषीका लागि निकै राम्रो सम्भावना भएता पनि किसान लाई आकर्षित गर्ने खालको लागि कुनै ठोस कार्यक्रम नहुनु, किसान आफै संग लागानी नहुनु , र सहज रुपमा ऋण समेत नपाउदाँ निराश बन्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ । टाठा वाठा र पहुचवालाले सहजै अनुदान पाउने गरेको र बास्तबिक किसान ले भन्दा पनि कागजी प्रकृया मीलाएर अनुदान लिनेहरुको संख्या बढि भएको उहाँको भनाई छ ।


दर्शन खबर । २४ मंसिर २०७८, शुक्रबार