नगर अस्पताल वीरेन्द्रनगरमा स्वास्थ्य परीक्षण शिविर हुदै


सुर्खेत । वीरेन्द्रनगरमा शारीरिक अपाङ्गता भएका बालबालिकाको स्वास्थ्य परीक्षण शिविर हुने भएको छ । यही मंसिर ५ र ६ गते नगर अस्पतालमा शिविर सञ्चालन गर्न लागिएको हो। वीरेन्द्रनगर नगरपालिका र अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र बनेपाको सहकार्यमा सञ्चालन हुने शिविरमा नगरभित्रका १८ वर्षसम्मका बालबालिकाको स्वास्थ्य परीक्षण हुनेछ ।
जन्मजात खुुट्टाको पैतलाभित्र वा बाहिर फर्केको, आगोले पोलेर अंगहरू एक-आपसमा टासिएको, खुुट्टा लुुलो, कमजोर वा भाचिएका बालबालिकाले घुम्ती शिविरबाट लाभ लिन सक्ने जनाइएको छ । त्यस्तै, ढाड बाङ्गो र कुुप्रो भएको, जोर्नीहरू दुुख्ने र सुुनिने समस्या, हड्डीमा टिबी रोग लागेको जस्ता समस्याको उपचार गरिने छ ।
यसका साथै कृत्रिम हात खुुट्टा आवश्यक भएको, शरीरमा भएका रडहरू निकाल्ने र हड्डी पलाएको वा गाँठागुुठी भएका बालबालिकाको पनि स्वास्थ्य परीक्षण गर्न लागिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार शिविरमा आउँदा यसअघि अस्पतालमा चेकजाँच गराएका रिपोर्टहरू पनि लिएर आउनुपर्ने छ ।