गमगढीका अग्नी पीडितलाई राहत प्याकेज लिएर मुगु पुगे मुख्यमन्त्री शाही

सुर्खेत । गमगढीका अग्नी पीडितलाई राहत प्याकेज घाेषणा गरेका २४ घण्टामै कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही मुगु प्रस्थान गरेका छन् । अग्नी पीडितका लागि त्रिपाल, कम्बोल र खाद्यन्न सामग्रीहरु लिएर शाही सहितको टोली आज मुगु सदरमुकाम गमगढी प्रस्थान गरेको हो ।

मुख्यमन्त्री शाहीसँगै नव नियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही, प्रमुख सचिव राजकुमार श्रेष्ठ, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव झक्कप्रसाद आचार्य र सांसद झोवा विकको टोली मुगु प्रस्थान गरेको छ । शाहीले गमगढी पुगेर अग्नी पीडितहरूकाे क्षतीकाे अवस्था बुझ्ने र तत्काल लागि लिइएकाे राहत सामग्री हस्तारण गर्ने कार्यतालिका छ । मुख्यमन्त्री शाहीले तत्काल आवश्यक पर्न सामग्री सहयाेग गर्ने र अग्नी पीडितका लागि थप सहयाेग प्रदान गरिने बताएका छन् । मंगलबार विहान मुगु सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागीहुँदा १७ घर र तीन घुम्टी पसल जलेका थिए ।

तपाईको प्रतिक्रिया