कर्णालीकाे मन्त्रिमण्डल विस्तार मंसिरको पहिलो साताभित्र हुने

सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्न ढिलाइ भएको छ । कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बनेको झन्डै दुई साता बित्न लाग्दासमेत मन्त्रिपरिषद्ले पूर्णता नपाएको हो । सत्ता गठबन्धनका नेताहरू बाहिर रहेका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो । पूर्वमुख्यमन्त्री शाही बिरामी भई काठमाडौ गएका छन् भने नेकपा एकिकृत समाजवादीका नेता प्रकाश ज्वाला पनि काठमाडौमै छन् । कात्तिक २० गतेदेखि घाँटीको समस्या भएका शाहीको काठमाडौंस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ ।

एकीकृत समाजवादीका नेता चन्द्रबहादुर शाहीले सहमतिअनुसार नयाँ मुख्यमन्त्री नियुक्त भए पनि तिहार र छठको बिदा लगातार परेका कारण पनि मन्त्रिपरिषद्ले पूर्णता नपाएको बताए । ‘सबै दलका नेताहरू बसेर छलफल गर्ने वातावरण नै बनेको छैन,’ उनले भने, ‘एकीकृत समाजवादीको केन्द्रीय कमिटीको वैठकपछि मात्र हाम्रो तर्फबाट मन्त्री हुने सांसदको टुंगो लाग्छ ।’ उनले १/२ दिनभित्रै कम्तीमा एक जना भए पनि मन्त्री थपिने जानकारी दिए ।

‘तत्काल १ जना मन्त्री पठाएर मुख्यमन्त्रीलाई क्याबिनेटको काम गर्न सहज बनाउँछौं,’ उनले भने, ‘अन्य मन्त्रीहरू भने मंसिरको पहिलो साताभित्र नियुक्त हुने उनको भनाइ छ । उनका अनुसार बाँकी ७ मन्त्रालयमध्ये समाजवादीले ३, माओवादी र कांग्रेसले २/२ मन्त्रालय पाउने सम्भावना छ । चाडपर्वको मुखैमा आफू मुख्यन्त्रीमा नियुक्ति भएको र सत्ता साझेदार दलका नेताहरू कर्णालीमा नहुँदा पनि मन्त्रिपरिषद् विस्तारमा समस्या भएको मुख्यमन्त्री शाहीले बताए ।नेपाली रैबार 


तपाईको प्रतिक्रिया