ओखलढुङ्गामा दर्शनार्थी बोकेको जीप दुर्घटना, तीन जनाको ज्यान गयाे

ओखलढुङ्गा । ओखलढुङ्गामा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । १४ जना घाइते भएका छन् ।

आज बिहान ओखलढुङ्गाको चम्पादेवी ककनी मन्दिर दर्शन गर्न हिँडेका यात्रु दुर्घटनामा परेका हुन् । प्रदेश ३–०१–०२२ च ९६९४ नम्बरको जीप सुनकोशी गाउँपालिका वडा नं. ९ को जौबारी नजिकैको कुसाङ भन्ने ठाउँबाट खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

घटनामा परि घाइते भएकाहरुलाई उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको वडा अध्यक्ष झनक कार्कीले जानकारी दिनुभयो । गम्भीर घाइतेहरुलाई भने उपचारका लागि काठमाण्डौ पठाउन हेलिकप्टर मगाएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

जीपमा सुनकोशी गाउँपालिका वडा नं. ८ च्यानम र सिद्धिचरण नगरपालिका वडा नं. १० रुप्सेका नागरिक थिए ।

तपाईको प्रतिक्रिया