खारखोलीमा मोटरसाईकल दुर्घटना, प्रहरी जवान सिंहको मृत्यु


सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ५ र ७ को सिमाना खारखोेलीमा मोटर साईकल खोलामा खस्दा एक जनाको मृत्यु भएको छ । शुत्रबार बेलुकी ८ बजे नेपाल दुर सञ्चार कार्यालयको बाटो हँुदै वडा नम्वर ५ को चिसापानी जाने क्रममा दैलेखको महाबु गाउँपालिका वडा नम्वर ५ घर भएका २३ वर्षका मनोज सिंह ठकुरीको उपचारका क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार मृतक सिंहले चलाएको बाग्मती प्रदेश ०२०२८ प ४८८७ नम्वरको मोटर साईकल साँघुरो पुल भएका कारण खोलामा खसेको थियो । मृतक सिंह नेपाल प्रहरीको जवान पदमा काठमाडौँमा कार्यरत थिए ।

दुर्घटनाको कारण बन्दै , सडक र पुल
दुर्घटना भएको खारखोलीमा सानो पुल रहेको छ । मोलपोत कार्यालय अन्तरगतका भुसेवा केन्द्रहरु समेत रहेकाले पनी सवाची चाप बढ्ने त्यस क्षेत्रमा पक्की पुल बन्न सकेको छैन । करिव १५ वर्ष पहिला स्थानिय नागरिकहरु र सरकारको लगानीना सानो पुनः निर्माण गरिएको थियो । दुर सञ्चार कार्यालय हुदैँ जाने सडक वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ७ तर्फ चोडा र पराकीलो रहेको छ । भने वडा वडा नम्वर ५ तर्फ सानो रहेको छ । जिर्ण बन्दै गएको खारखोली पुल र वर पर कुनै पनी सांकेतीक चिन्हहरु राखीएको छैन । पुल वरीपरी कुनैपनी नागरिक सचेनताको संकेतहरु नहुँदा पनी त्यस क्षेत्रमा दुर्घटना बढेको स्थानियहरुको भनाई रहेको छ ।
चौडा सडक र सानो पुल भएको कारण केहीदिन अगाडी उक्त पुलमा अटो रिक्सा पनी दुर्घटना भएको थियो ।


तपाईको प्रतिक्रिया