
सुर्खेत । क्रियाशिल सदस्यता विवादका कारण लामो समयदेखि रोकिएको नेपाली कांग्रेस सुर्खेतको अधिवेशन आज शनिबार देखी हुन लागेको छ ।
यसअघि क्रियाशील सदस्यताको विवादका कारण रोकिएको अधिवेशन आज देखी हुन लागेको हो ।
‘जिल्लाका ९९ वटै वडामा विहान आठ बजेदेखि अधिवेशन सुरु भएको छ ।
लेकवेशी नगरपालिका वडा नम्वर १० मा भने समानान्तर कमिटी गठनको तयारी गरिएको छ । क्रियाशिल सदस्यता वितरणमा विवाद हुँदै आएको वडा नम्वर १० मा खड्का पक्षले अखण्ड नेपालका ११ जनालाई क्रियाशिल सदस्यता प्रदान गरेपछी थानी पक्षले असन्तुष्टी जनाउँदै आएको थियो । नेपाली कंग्रेसका नेता कमल प्रशाद आचार्यका अनुसार वडा नम्वर १० मा १ सय ३५ जना क्रियाशिल सदस्य रहेका छन् । त्यसमा ११ जना अखण्ड नेपाल कार्यकर्तालाई खड्का पक्षले क्रियाशिल सदस्यता दिएपछी त्रियाशिल सदस्य १ सय ४६ जना पुगेका छन् । थानी पक्षका भिम बहादुर खड्का र खड्का पक्षका पर्शुराम भण्डारी वडा सभापतीका उमेद्धवार हुन् । आचार्यका अनुसार अधिवेशनमा थानी पक्षले सहभागिता नजनाउने तयारी गरकेाे छ । उनले भने सम्भवत आजै वडा नम्वर १० मा समानान्तर कमिटी बन्छ ।


दर्शन खबर । २७ कार्तिक २०७८, शनिबार