काठमाडौं आइपुगे प्रधानमन्त्री देउवा 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणबाट आज स्वदेश फर्किएका छन्। बिहीबार स्वदेश फर्किएका देउवालाई त्रिभुवन विमास्थलमा मन्त्री तथा नेपाली कांग्रेसका नेताहरूले स्वागत गरेका थिए।

देउवा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कात्तिक १५ र १६ गते भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलनमा भाग लिन १२ गते बेलायत गएका थिए।

प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा. प्रेमनारायण कँडेल, अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की सहभागी थिए।


तपाईको प्रतिक्रिया