कर्णालीकाे अवस्था बुझेर सुदुरपश्चिम लागे प्रधानमन्त्री देउवा

सुर्खेत । बाढि प्रभावीत क्षेत्रको अनुगमनका लागी सुदुरपश्चिम हिडेका प्रधानमन्त्री शेर बहादुर देउवा सुर्खेत झरेका छन् । सुर्खेत विमानस्थलमा पत्रकारहरु संग कुराकानी गर्दै प्रधानमन्त्री शेर बहादुर देउवाले निरन्तर वर्षाका कारण भएको जनधनको क्षतिको अनुगमनपछि राहत दिने बताए ।
सुदुरपश्चिम प्रदेशको बाढिप्रभावित क्षेत्रमा अनुगमनका लागि हिडेका प्रधानमन्त्री देउवा सुर्खेत विमानस्थल करिब आधाघण्टा कुराकानी गर्दै यस्तो बताएका हुन् ।
सुर्खेत विमानस्थल झरेका देउवाले देशभर बाढि तथा पहिरोको कारण ठुलो क्षति भएको भन्दै सरकारले उचित क्षतिपुर्ति दिने आश्वासन दिए । उनले सबै क्षेत्रमा अनुगमनपछि मात्रै क्षतिपुर्ति दिने बताएका हुन् ।
प्रधानमन्त्री देउवाले कणर्ाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनी लगाएतका विभागिय मन्त्रीहरुसंग समेत गोप्य छलफल गरेका थिए ।

तपाईको प्रतिक्रिया