
सुर्खेत । गुर्भाकोट नगरपालिका वडा नम्वर २ मालारानीमा रहेको मालारानी गुफामा जाने पर्यटकहरुको संख्या बढ्न थालेको छ ।
गुफामा पर्यटकहरु आवतजावत, गुफा प्रेवशद्वार, सिडिहरु, प्रतिक्षालय, सडकबाटो लगायत आवश्यक सरचना तयार भए पछी गुफा घुम्न जानेको पर्यटकहर बढ्न थालेका हुन् । कर्णाली प्रदेश राजधानी नजिकै रहेको पर्यटकीय मालारानी गुफाको संरक्षणका लागि गुर्भाकोट नगरपालिका तथा कर्णाली प्रदेश सरकार लागी परेको छ ।
पछिल्लो समयमा मालारानी गुफाको आकर्षण बढ्दो छ ।गुफाभित्र उज्यालोको लागि बत्तिको, र अबलोकनका लागि सिढीहरु, मुर्तिको सजावट , निर्माण र बाहिर शिबको मन्दिर र गुफाबाहिर मनमोहक दृश्य अबलोकन गर्न सकिन्छ । मालारानी गुफाको अवलोकनका लागि अहिले पनि मानिसहरु बाहिरबाट आउने गर्दछन् । धार्मिक र ऐतिहासिक महत्व नभई या गुफा कर्णाली प्रदेशको पर्यटकिय क्षेत्रको रुपमा रहेको छ ।


दर्शन खबर । ४ कार्तिक २०७८, बिहीबार