पुलकाे सामान बचाउने क्रममा कर्णालीमा बगेका एक जनाको उद्दार


सुर्खेत । पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका-११ स्थित कुइनेमा कर्णालीमा नदीमा बगेका एक जनाको सकुशल उद्दार गरिएको छ । सोही स्थानका ४८ वर्षीया गंगाप्रसाद जैशीको सकुशल उद्दार गरिएका प्रहरीले जनाएको छ ।
सुर्खेतको कुईनबाट कैलाली जोड्ने निर्माणाधिन पक्की पुलका चौकीदार समेत रहेका शर्मालाई नदीले बगाएका सामान बचाउने क्रममा उनलाई पनि नदीले बगाएको थियो । शर्मालाई नदीले बगाएको भन्ने खवर प्राप्त भएपछि अस्थायी प्रहरी चौकी तातापानीबाट ६ जनाको प्रहरी टोली उनको उद्दारका लागि खटिएको थियो ।
प्रहरी र स्थानीयबासीले खोजतलास गर्ने क्रममा शर्मा बगेको स्थानदेखी झण्डै चार किलोमिटर तल झ्याङ्गझ्याङ्गे भन्ने स्थानमा फेला परेको कणर्ाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिए । उनको उद्दार गरेर उपचारको लागि बावियाचौर पठाइएको छ ।


तपाईको प्रतिक्रिया