
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सय रूपैयाँले बढेर ९१ हजार ४०० कायम भएको छ ।
छापावाल सुन सोमबार प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।
महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला १० ले बढेर एक हजार २३५ पुगेको छ ।
चाँदी सोमबार प्रतितोला एक हजार २२५ मा कारोबार भएको थियो । नेपाल सुनचाँदी तथा रत्न आभुषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनको असामयिक निधनको शोकमा मंगलबार सुनचाँदी व्यवसायीले कारोबार बन्द गरेका थिए ।


दर्शन खबर । ३ कार्तिक २०७८, बुधबार