मुगुमा बस दुर्घटना २२ जनाकाे मृत्युु

सुर्खेत । मुगुमा भएको बस दुर्घटना २२ जनाकाे मृत्यु भएको छ । नाग्म-गमगढी सडक खण्डको पिना झ्यारी खालामा बस दुर्घटना भएको हाे । सुर्खेतबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेकाे भे १ ख ३१६७ नम्बरको बस रारा छाँयानाथ नगरपालिका-७ पिना झ्यारी खाेलामा भएको दुर्घटनामा १८ जना घाइते छन् ।
बस सडकबाट दुईसय मिटर तल खसेकाे कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी माधव श्रेष्ठले जानकारी दिनुभयाे । बसमा कति यात्रु सवार थिए ।

गमगढीबाट झण्डै दुई घण्टाकाे दुरीमा भएको दुर्घटनामा घाइतेहरूलाई उद्धार गरि जिल्ला अस्पताल मुगु लागिएको छ । घाइतेहरूकाे अस्पतालमा पुर्‍याउने काम भईरहेकाेले अस्पताल पुर्यापछि मात्रै मृत्युको संख्या एकिन गरिने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया