छिन्चुका होटल तथा खाद्य पसलमा चरम लापरवाही

सिपी कार्कि ।
सुर्खेत ।  खाद्य प्रबिधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले छिन्चु बजारका खाद्य पसल तथा होटलहरमा अनुगमन गरेको छ ।
भेरिगंगा नगरपालिका वडा नम्वर १० र १२ का जनप्रतिनिधि सहित खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन सुर्खेतका निमित्त प्रमुख भेष बहादुर थापाको टोलिले अनुगमन गरेको हो ।
१३ वटा पसल तथा होटलमा अनुगमन गर्ने क्रममा धेरै जस्तो खाने कुरामा रंग प्रयोग भेटिएको छ भने कुनै होटलमा बासी खाने कुरालाई प्रयोग गरेको भेटिएको छ ।
आगामी दिनमा फेरी यस्तै फेला परेमा कारबाही गरिने चेतावनी दिइएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन सुर्खेतका निमित्त प्रमुख भेष बहादुर थापाले जानकारी दिए ।


तपाईको प्रतिक्रिया