
सुर्खेत । चौकुने गाउँपालिका वडा नम्वर १० मा विहान ८ बजे डुंगा दुर्घटना भएको छ । ६ जना सवार रहेको डुंगा दुर्घटना हुँदा १ जना युवती बेपत्ता भएको चौकुने गाउँपालिका वडा नम्वर १० का वडा अध्यक्ष शंकर बहादुर कामिले जानकारी दिए ।
सुर्खेतको चौकुने गाउँपालिका-१० र कैलालीको मोहन्याल गाउँपालिका-३ को बीच भागमा डुंगा पल्टिएको हो ।
डुंगा दुर्घटनामा वडा नम्वर -१० की १८ वर्षीया अनिता विक वेपत्ता भएको वडा अध्यक्ष शंकर बहादुर कामीले जानकारी दिए ।
घरको लागि कमेरो र माटो ल्याउन मोहन्याल गाउँपालिका जान लागेकी विक नदीमा खसेर बेपत्ता भएकी हुन् । डुंगामा सवार अन्य ५ जना सकुसल रहेका छन् । वेपत्ता भएकी युवतिकाे खाेजी कार्य जारी रहेकाे छ ।


दर्शन खबर । २४ आश्विन २०७८, आईतवार