शिव परियारको ‘पिउन सुरु गरेपछि सार्वजनीक


काठमाडौँं । गायक शिव परियारले “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” सार्वजनिक गरेका छन् ।। “पिउँदिन भन्दा भन्दै पिलायो साथीले” को अपार सफलता पछि गायक परियारले यो गीत सार्वजनिक गेका हुन् ।
यो गीत इम्प्रेशन इन्टरटेनमेन्टले बजारमा ल्याईएको छ । गीतलाई नृत्य निर्देशक कविराज गहतराज र छायाङ्कन हरि हुमागाईको संलग्नतामा अत्यन्त भव्यताका साथ क्लब प्लायाटिनममा गीतको छायाङ्कनको दृष्य देखाइएको छ । यस गीतमा नेपाली चलचित्रका लोकप्रिय नायक, पुष्प खड्काका साथमा टिकटक स्टार्स अञ्जलि लुइँटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहेको छ ।
मिडिया हब प्रालिबाट पहिलो म्युजिक भिडियोको रूपमा रिलिज गरिएको यो गितले यसपालिको चाडबाडलाई अझ रोमाञ्चक बनाउने जनाएको छ ।
महान् चार्ड वडा दशैैँको माहोललाई ध्यानमा राखेर खाने पिउने सम्बन्धी गीत भएको गायक परियारले जानकारी दिए । उनले दर्शकको माया र आर्सीवाद कै कारण यस गीतलाई लामो समयको प्रयास पछि बजारमा ल्याईएको बताए ।

तपाईको प्रतिक्रिया