दैलेखको सियाकोटमा ट्रक दुर्घटना, एक जनाको मृत्यु

सुर्खेत । दैलेखको सियाकोटमा शनिबार ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
जुम्ला देखी सुर्खेत आउँदै गरेको भे १ क १०८४ नम्बरको मिनी ट्रक दुर्घटनामा चालक लेकवेशी नगरपालिका १० का शेर बहादुर थापाको मृत्यु भएको हो भने
दुर्घटनामा सह–चालक गम्भिर घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार चालक थापाको उपचारका क्रममा प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा मृत्यु भएको हो ।
सह–चालक २८ वर्षका तपेन्द्र रावत घाइते भएका छन् र उनकोे प्रदेश अस्पतालमा उपचार भइरहेको दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।


तपाईको प्रतिक्रिया