युवाकोे नेतृत्व विकासका लागी भेरिगंगा जेसिसकाे अन्तरक्रीया

सुर्खेत । युवाकोे नेतृत्व विकासका लागी भेरिगंगा जेसिसले सरकारवाला निकायसँग छलफल तथा अन्तरक्रीया गरेको छ ।
शनिवार भेरिगंगा जेसिसको आयोजनामा भेरिगंगा नगरपालिकाको छिन्चुमा कार्यक्र गरिएको हो ।
कार्यक्रमा भेरिगंगा नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष नबराज कार्कीले जेसिज समाज रुपान्तरणका लागि आबस्यक रहेको र नयाँ योजाना साथ जेसिसले आगामि दिनमा काम गर्नु पर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका भेरिगङ्गा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत कमल पौडेलले भेरिगङ्गा जेसिजलाइ नगरपालिका र आफ्नो तर्फ बाट सधै साथ सहयोग रहने प्रतिबद्धता ब्यक्त जनाए ।
कार्यक्रमका सयोजक रमेश शर्माले भेरिगङ्गा जेसिज कच्चा माटो जस्तै भएको भन्दै आफुहरुले अग्रजबाट धेरै कुरा सिक्न बाकी रहेको बताए ।
कार्यक्रममा भेरिगंगा नगरपालिकाका जनप्रतिनीध तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहको थियो ।


तपाईको प्रतिक्रिया