कांग्रेस मुगुको सभापतिमा ऐनबहादुर शाही निर्वाचित

मुगु । नेपाली कांग्रेस मुगुको सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन् । प्रधानमन्त्री एवं पार्टी सभापति पक्षका उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार निवर्तमान सभापति खड्गबहादुर शाहीलाई ५६ मतले हराएका हुन् ।
विजयी ऐनले ४ सय ६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खड्गले ३ सय ५० मतमा चित्त बुझाए । कूल ७ सय ५६ मत खसेकामा १६ मत बदर भएको छ ।
अन्य पदाधिकारीमा पनि देउवा पक्षकै वर्चस्व छ । उपसभापतिमा कणर् रावल र हरिजंग शाही विजयी भएका छन् । सचिवमा जन्मजया भण्डारी र लोकेन्द्रबहादुर मल्ल विजयी भएका छन् ।
मुगुका निर्वाचन क्षेत्रमा पनि देउवा पक्षले जितेको छ । प्रदेश ‘क’मा कार्मा फुल्जोक लामा र ‘ख’मा लोकराज दाहाल सभापति बनेका छन् ।
मुगुमा देउवा पक्षले सभापति, उपसभापति, दुई सचिव, एक सहसचिव, १३ सदस्य र १७ महाधिवेशन प्रतिनिधि हात पारेको छ ।

तपाईको प्रतिक्रिया