जीवनज्योति मावीमा शिक्षक अभिभावक संघ गठन

लेकवेशी । जीवनज्योति माध्यमिक विद्यालय लेकवेशी -४, दशरथपुरको नयाँ शिक्षक अभभिावक संघ गठन गरिएको छ । बुधवार रत्न बहादुर चलाउनेको अध्यक्षतामा नयाँ शिक्षक अभभिावक संघ गठन गरीएको हो । जसको सदस्यहरुमा ओमराज रेग्मी, नन्द बहादुर चलाउने, प्रताप पौडेल, बुद्धी रावत, तेज कुमारी महत र राम बहादुर वलीलाई चयन गरिएको जीवनज्योति माध्यमिक विद्यालयपुरका प्र.अ. तिर्थ प्रशाद पौडेलले जानकारी दिए । शिक्षक अभभिावक संघ गठन भेलामा १ सय ५० जना अभिभावकहरको सहभागिता रहेको थियो ।
यस भन्दा पहिला शिक्षक अभिभावक संघको अध्यक्षमा खड्क बहादुर जिसि रहेका थिए ।

तपाईको प्रतिक्रिया